Skip to main content

Purbi Aawaj

🗓️ २०८३ भाद्र ११ गते
🗓️ २०८३ भाद्र ११ गते

जानकी मन्दिरमा अवरोध पुर्याउनेहरू भारतीय हुन, भारत पनि श्रमदाताहरूसँग डराउँछ

संस्कृति पार्टीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, हर्क साम्पाङले जनकपुर घटनादेखि श्रमदानसम्मका विषय उठाए

वराहक्षेत्र, साउन ६

oplus_2097152

सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा श्रम संस्कृति पार्टीको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
श्रम संस्कृति वराहक्षेत्र नगर समितिका अध्यक्ष नरेश कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, नगर तथा वडा समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कार्यक्रममा करिब डेढ सय जनाको उपस्थिति रहेको थियो भने करिब १०० जनाले पार्टीको नयाँ सदस्यता लिएका छन्।


प्रकाशपुर डुबानको प्रसंग उठाउँदै प्रश्न
कार्यक्रमलाई सम्बोधन गर्दै हर्क साम्पाङले वराहक्षेत्र–१० प्रकाशपुरमा डुबान हुँदा आफूहरू श्रमदानमार्फत सहयोग गर्न आउँदा पार्टीको टी–सर्ट नलगाउन भनिएको भन्दै उद्धार र सहयोगका लागि आउने व्यक्तिले पार्टीको टी–सर्ट लगाएकै कारण किन रोकियो भन्ने प्रश्न उनले उठाए।

जानकी मन्दिर दर्शन गर्न अवरोध पुर्याउनेहरु भारतीय साम्पाङले जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गर्न जाँदा आफूलाई प्रवेश गर्न नदिइएको घटनाको पनि चर्चा गरे। उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई उनले “नेपाली नभई भारतीय” भएको आरोप लगाए। भारतसमेत श्रम संस्कृति पार्टी र श्रमदाता सँग डराएको टिप्पणी उनले गरे।
उनले मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएको भए पनि आफूले झगडा नचाहेको बताए। “झगडा गर्नु ठूलो कुरा होइन, हामी विश्वविजेताका सन्तान हौँ,” भन्दै उनले त्यस दिन अवस्था थप बिग्रिएको भए रगत बग्न सक्ने अवस्था आउन सक्ने उल्लेख गरे।
हामी अवरोध गर्दैनौँ’
जानकी मन्दिरमा आफूलाई अवरोध गरिएको प्रसंग जोड्दै साम्पाङले आफ्नो प्रभाव क्षेत्र मानिने पाथीभरा, वराहक्षेत्र र बोलबम क्षेत्रमा अन्य पक्षलाई आफूहरूले अवरोध गरे के हुन्छ भन्ने प्रश्न उठाए। तर आफूहरू त्यस्तो गर्न नचाहने स्पष्ट पार्दै सबै मिलेर देश निर्माणका लागि श्रमदान गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले उपस्थित सबैलाई श्रम संस्कृति पार्टी र श्रमदान अभियानमा आबद्ध हुन आग्रह गर्दै समाज परिवर्तनका लागि सबैको सहभागिता आवश्यक रहेको बताए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.