Skip to main content

Purbi Aawaj

🗓️ २०८३ भाद्र ११ गते
🗓️ २०८३ भाद्र ११ गते

बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब

काठमाडौँ । निजी शैक्षिक संस्थाहरूले तीन प्रतिशत समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका छन् । आज आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यवहारिक न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका हुन् ।

प्याव्सन, ऐन प्यब्सन, हिसान र अपेनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकार समक्ष ६ बुँदे गम्भीर ध्यानाकर्षण गराएका छन् । विगत चार दशकभन्दा बढी समयदेखि मुलुकको विद्यालय शिक्षा विकास र विस्तारमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्दै आएको सन्दर्भ जोड्दै आर्थिक वर्ष २०८३–०८४ को बजेट तथा वित्तीय व्यवस्था र हालै जारी शिक्षा नियमावली (दसौँ संशोधन) का केही व्यवस्थाहरू प्रति निजी शिक्षा क्षेत्रले असहमति र आपत्ति प्रकट गरेका छन् । तथ्याङ्क अनुसार देशभर सञ्चालित १०,४७१ निजी विद्यालयहरूमा करिब ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत छन् । यस क्षेत्रले देशको अर्थतन्त्र, रोजगारी सिर्जना तथा शैक्षिक पूर्वाधारमा उल्लेखनीय योगदान पुर्‍याइरहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.